बुधबारको मौसम: पहाडी भू-भागका केही स्थानमा वर्षाको सम्भावना
काठमाडौं, २८ माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको प्रभाव रहेको छ ।
अहिले सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सफा रहेको छ ।
महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।
दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
राती: बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं २ र प्रदेश नं १ मा आंशिकदेखि सामान्य बदली रही बाँकी भुभागहरुमा आंशिक बदली रहनेछ । बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश नं १ का पहाडी भू-भागका थोरै स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको देखिन्छ । मध्य तथा पुर्वी उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।
आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:
उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का देखि मध्यम हिमपातको सम्भावना र तराईका केहि भुभागमा विहानपख हुस्सु/कुहिराे लाग्न सक्ने हुदा चिसाे अझै रहिरहने देखिएकाेले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।