scheduleबुधवार आश्विन ६ गते, २०७८

म्यान्चेस्टर युनाइटेड र बर्नमाउथ एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, २८ माघ । इंग्लिस एफए कप फुटबलअन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेड र बर्नमाउथ विजयी भएका छन् । युनाइटेडले वेस्ट ह्याम तथा बर्नमाउथले बर्नलीलाई हराएका हुन् ।

घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले वेस्ट ह्यामलाई १-० ले हराएको हो । युनाइटेडको जीतमा अतिरिक्त समयमा स्कट म्याक्टोमिनेले गरेको गोल नै निर्णायक बनेको थियो ।

निर्धारित ९० मिनेटमा दुवै टोलीबाट गोल नभएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको ९७औं मिनेटमा मार्कस रासफर्डको पासमा म्याक्टोमिनेले गोल गर्दै युनाइटेडलाई अग्रता दिलाएका थिए । त्यसपछि कुनै गोल भएनन् र युनाइटेड १-० ले विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

त्यसैगरी गएराति नै भएको अर्को खेलमा बर्नमाउथले बर्नलीलाई २-० ले हरायो । बर्नमाउथको जीतमा साम सरीज र जुनियर स्टालिस्लासले १-१ गोल गरेका थिए ।

खेलको २१औं मिनेटमा सरीजले गोल गरेका थिए भने ८८औं मिनेटमा स्टालिस्लासले पेनाल्टीमार्फत गोल गर्दै बर्नमाउथको २-० को जीत सुनिश्चित गरे ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय