scheduleआइतवार आश्विन ३ गते, २०७८

५ स्थानबाट सुरु भयो प्रचण्ड- माधवको समूहको विरोध जुलुस, हेर्नुहोस् लाइभ

काठमाडौं, २८ माघ । संसद विघटनको विरोद्धमा नेकपा प्रचण्ड–माधव समूहले आयोजना गरेको विरोध प्रदर्शन र सभाअघि काठमाडौ उपत्यकाका विभिन्न ५ स्थानबाट जुलुस निस्किएको छ ।

माइतीघर, पुल्चोक, जमल, कुपण्डोल र लैनचौर क्षेत्रबाट जुलुस सुरु भएको सो समूहका नेता योगेश भट्टराईले जानकारी दिए । सबै जुलुस सुन्धारामा पुगेर मूल जुलुसमा परिणत हुने बताइएको छ ।

सभा र जुलुस व्यवस्थित बनाउन सयौँ स्वयम्सेवक परिचालन गरिएको छ । विरोध सभालाई अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’, माधव कुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, नेता जनार्दन शर्मा लगायतले सम्बोधन गर्देछन् ।

 

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित भिडियोहरु

आजको लोकप्रिय