scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लव नेतृत्वको नेकपासहित चार दलद्वारा संयुक्त मोर्चा घोषणा (विज्ञप्तीसहित)

काठमाडौँ, २९ माघ । विप्लव नेतृत्वको नेकपासहित चार दलले संयुक्त मोर्चा घोषणा गरेका छन् । नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले बिहीबार संयुक्त बैठक गरी मोर्चाबन्दी घोषणा गरेका हुन् ।

चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी, मोहन वैद्य नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीच मोर्चाबन्दी भएको हो ।

मोर्चाले विज्ञप्तीमा भनेको छ, ‘चार पार्टीबीचको संयुक्त माेर्चाको उद्देश्य ‘दलाल तथा प्रतिक्रियावादी संसदीय व्यवस्था र राज्यसत्ताको अन्त्य गरी जनगणतन्त्र/वैज्ञानिक समाजवादी व्यवस्था स्थापना गर्नु रहेको छ ।’

रणनैतिक संयुक्त मोर्चा निमार्ण गर्ने पूर्वसहमतिलाई व्यवहारिक रुप दिन उनीहरुले रणनैतिक संयुक्त मोर्चाको अवधारणा र संरचना सम्बन्धी दस्ताबेज पारित गर्दै १५ सदस्यीय रणनैतिक संयुक्त मोर्चाको केन्द्रीय समिति गठन गरेका छन् । उक्त समितिमा सिपी गजुरेल, ऋषिराम कट्टेल, जागृत रायमाझी, धनकुमारी सुनार लगायत १२ जना रहेका छन् ।

मोर्चाले पहिलो चरणको संघर्षका कार्यक्रम अन्तर्गत फागुन ६ गते बुटवलमा, १४ मा धनगढी र १८ मा इटहरीमा जनसभा गर्ने जनाएको छ । पहिलो चरणका कार्यक्रमपछि दोस्रो चरणका संघर्षका कार्यक्रम सार्वजनिक गर्ने मोर्चाले जनाएको छ ।

यस्तो छ घोषणा वक्तव्य

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay