scheduleबिहिवारबैशाख ९ गते, २०७८

कस्तो रहला शुक्रबार दिनभरको मौसम ?

काठमाडौं, ३० माघ । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्‍चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

अहिले देशको सुदुरपश्चिम प्रदेशमा र अन्य केही पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर आंशिकदेखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।

राती: देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना र तराईका केही भू-भागमा बिहानपख हुस्सु/कुहिरो लाग्न सक्ने हुँदा चिसो अझै रहिरहने देखिएकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay