scheduleबिहिवारबैशाख ९ गते, २०७८

कस्तो रहला आज दिनभरको मौसम ?

काठमाडौं, २ फागुन । मौसम पुर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्‍चिमी वायुको प्रभाव रहेको छ ।

अहिले देशको पहाडी भु-भागहरुमा आंशिक बदली रहेको छ भने बांकी भु-भागमा मौसम सामान्यतया सफा रहेको छ ।

महाशाखाका अनुसार आज दिनभरको मौसम यसप्रकार रहने छ ।

दिउँसो : देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । देशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

राती: देशभर आंशिक देखि सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भू-भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश नं १, सुदूरपश्चिम प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक दुई स्थानमा हल्का बर्षा हुने सम्भावना छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श:

पहाडी भू-भागमा हल्का बर्षा र उच्च पहाडी तथा हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउनुहुन सबैमा अनुरोध छ। तराईका थोरै भू-भागमा बिहानीपख हुस्सु/कुहिरो लाग्नसक्ने हुनाले पारदर्शिताको कमी र तापक्रमको हल्का गिरावटका कारण यसबाट जनजीवन र यातायातमा पर्न सक्ने असरबाट सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay