scheduleबुधवार आश्विन १३ गते, २०७८

महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले बोलायो जिल्ला सभापतिहरूको भेला

काठमाडौं, २ फागुन । नेपाली काँग्रेसको नेता रामचन्द्र पौडेल पक्षले जिल्ला सभापतिहरूको भेला बोलाउने भएको छ । फागुन ७ देखि काठमाडौंमा गर्ने भनिएको महाधिवेशन अनिश्चित बनेपछि पौडेल पक्षले छलफल गरेर आवश्यक रणनीति तय गर्न पौडेल पक्षले जिल्ला सभापतिहरुको भेला बोलाउने भएको हो ।

पौडेलसहित उनी पक्षका नेताहरूले हिजो महामन्त्री शशाङ्क कोइराला निवासमा भेला गरी सभापति देउवालाई दवाव दिन जिल्ला सभापतिको भेला गर्ने निर्णय गरेका हुन् । पौडेलले महाधिवेशन लगायतमा छलफल गर्न केन्द्रीय कार्यसमिति बोलाउन देउवासँग माग गरे पनि केन्द्रीय समिति बैठक बस्ने टुङ्गो छैन ।

फागुन ५ गते जिल्ला सभापतिहरू र जिल्लाका नेताहरूसँग छलफल गर्ने तयारी पौडेल पक्षको छ । छलफलमा केन्द्रीय सदस्यहरू, पूर्वकेन्द्रीय सदस्यहरू र पूर्वमन्त्रीहरूलाई पनि बोलाइने बताइएको छ ।

सभापति देउवाको नियमित कार्यकाल गत वर्ष फागुनमै सकिएको थियो । विधानअनुसार उनले एक वर्ष कार्यकाल थपेका थिए । कोरोना महामारी र क्रियाशील सदस्यता वितरणका काम नसकिएको भन्दै काँग्रेसले महाधिवेशन कहिले गर्ने सुनिश्चित गर्न सकेको छैन ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय