scheduleबुधवारबैशाख ८ गते, २०७८

मुख्य न्यायाधिवक्ता मानन्धरले दिए राजीनामा

कर्णाली, २ फागुन । कर्णाली प्रदेशका मुख्य न्यायाधिवक्ता विद्याभूषण मानन्धरले आफ्नो पदबाट राजीनामा दिएका छन् । मुख्य न्यायाधिवक्ता मानन्धरले आज मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसमक्ष राजीनामापत्र पेश गरेका हुन् । ‘आफ्नो कार्य व्यस्तताका कारण मनखुशीले मैले मुख्यमन्त्रीसमक्ष राजीनामापत्र पेश गरेको छु’, उनले भने, ‘स्वीकृत गर्ने/नगर्ने उहाँको हात हो ।’

यद्यपि मुख्य न्यायाधिवक्ता मानन्धरले सामाजिक सञ्जालबाट समेत आफ्नो पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । आफ्नो निजी कार्यव्यस्तताका कारण आफूले सम्हाल्दै आएको जिम्मेवारीमा रहिरहन नसक्ने कारण खुलाउँदै पदबाट राजीनामा दिएको बताएका उनले सामाजिक सञ्जाल फेसबुकमार्फत ऐतिहासिक जिम्मेवारी प्रदान गर्ने कर्णाली प्रदेश सरकार एवं सम्पूर्ण शुभेच्छुकप्रति हार्दिक आभार व्यक्त गरेका छन् ।

उनले आफ्नो पदीय जिम्मेवारीमा रहेर दुई वर्ष १० महिनाको कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न पाएकामा आफूलाई गौरवान्वित ठानेको कुरा व्यक्त गरेका छन् । उनी मुख्य न्यायाधिवक्ताको पदमा ०७४ साल चैत २८ गते नियुक्त भएका थिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay