नेपाली सेनाको बस दुर्घटना हुँदा १० सैनिक घाइते
बाँके, ४ फागुन । बाँकेको राप्ती सोनारी गाँउपालिका २ मुगुवा खोलामा गएराति नेपाली सेनाको बस दुर्घटना हुँदा बसमा सवार १० जना गम्भीर घाइते भएका छन् ।
सोलु नाम्चेबाट कालिकोट शमसेर गुल्मको लागि हिँडेको ना ५ ख ५९१ नम्बरको बसमा नेपाली सेनाका क्याप्टेन उमेश राईसहित २३ जना सवार थिए । जसमध्ये १० जना गम्भीर घाइते भएका हुन् ।
उक्त बसको गति अनियन्त्रित भई दुर्घटना भएको सशस्त्र प्रहरी बल बाँकेले जनाएको छ ।
दुर्घटनाबारे जानकारी पाउनासाथ सशस्त्र प्रहरी बल, नेपाल नम्बर ४२ रिजर्भ गण बाँकेबाट तत्कालै एपीएफ टोली उद्धार कार्यको लागि खटिएको थियो ।
गम्भीर घाइते भएकालाई उपचारको लागि नेपाली सेनाको अस्पताल नेपालगन्ज राझातर्फ पठाइएको छ ।