scheduleआइतवारबैशाख ५ गते, २०७८

४१ जना कमरेडविरुद्धको मुद्दामा आजबाट थुनछेक बहस

काठमाडौं, ४ फागुन । मोरङका एक शिक्षकको हत्यामा संलग्न भएको भन्दै नेत्रचन्द विप्लवसहित ४१ जना विरुद्ध दायर गरिएको मुद्दामा आजबाट बहस सुरु हुँदै छ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ सहित ४१ जनाविरुद्ध दायर अपहरण तथा कर्तव्य ज्यान मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुने लागेको हो ।

जिल्ला अदालत मोरङमा थुनछेक बहस हुने बताइएको छ । विप्लव, प्रकाण्डसहित ४१ जनालाई २३ मंसिरमा मोरङको मिक्लाजुङ–१ मा रहेको सरस्वती आधारभूत विद्यालयका प्रधानाध्यापक राजेन्द्र श्रेष्ठको अपहरणपछि घाँटी रेटेर भएको हत्या प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालय मोरङले सोमबार अपहरण तथा कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो ।

सोही मुद्दामा आज अदालतमा थुनछेक बहस हुने भएको सरकारी वकिल कार्यालय मोरङको श्रेस्तेदार राजकुमार दाहालले बताए । जिल्ला प्रहरी कार्यालय मोरङले दुई महिना लामो अनुसन्धानपछि शिक्षक श्रेष्ठको हत्यासम्बन्धी घटनाको अपराध अनुसन्धान गरेर प्रतिवेदन बुझाएको थियो ।

शिक्षक श्रेष्ठको पार्टीविरुद्ध सुराक गरेको आरोपमा विप्लव नेतृत्वको नेकपाका ६ जना कार्यकर्ताले हत्या गरेका थिए । हाल प्रहरीले हत्या घटनामा संलग्नताको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा विप्लव समूहका मोरङ इञ्चार्ज डिबी सिलवाल भनिने धनबहादुर विक रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay