scheduleबुधवार आश्विन १३ गते, २०७८

बुधवार बैठक, प्रतिगमनदेखि महाधिवेशनसम्म एजेन्डा

काठमाडौं, ४ फागुन । नेपाली काँग्रेसले केन्द्रीय कार्य समिति बैठक बोलाएको छ । काँग्रेसले बुधबारका लागि केन्द्रीय समितिको बैठक बोलाएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध गरेको आन्दोलनको समीक्षासँगै पार्टीको आसन्न महाधिवेशनलगायत विषयमा छलफल गर्न काँग्रेसले बैठक बोलाएको हो । बैठक पार्टी केन्द्रीय कार्यालय बीपी स्मृति भवन सानेपामा दिउँसो २ बजे बस्नेछ ।

बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य र आमन्त्रित केन्द्रीय सदस्यहरूको उपस्थिति हुने पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

सरकारले ताजा जनादेशका लागि भन्दै पुसको ५ गते प्रतिनिधिसभा विघटनपछि आन्दोलित छ । प्रतिनिधिसभा विघटनलाई अलोकतान्त्रिक र असंवैधानिक भएको काँग्रेसको ठहर छ ।

यद्यपि, कांग्रेसका नेताहरुको आन्दोलनबारे जोड र कोणहरु फरक रहेको छ । सोमबार कांग्रेसले ७७ जिल्लामा विरोधसभा गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय