scheduleसोमवारफाल्गुन २४ गते, २०७७

शीतल निवासमा प्रधानमन्त्री ओलीको त्यो दुई घण्टा

काठमाडाैं, ५ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच मंगलबार बेलुका शीतल निवासमा २ घण्टा लामो भेटवार्ता भएको छ । बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकपछि प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीलाई भेट्न शीतल निवास पुगेका थिए । उनीहरुबीच सवा सात बजेदेखि सवा नाै बजेसम्म छलफल भएको बताइएको छ ।

मंगलबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले भारतबाट कोरोना भाइरसविरुद्धको खोप खरिदमा अग्रिम भुक्तानी दिने निर्णय गरेको थियो । नेपालमा १० लाख डोज कोरोना खोप उपलब्ध गराएको भारतको सिरम इन्स्टिच्युटसँग सरकारले २० लाख डोज खोप किन्ने तयारी गरेको हो ।

खोप किन्न सार्वजनिक खरिद ऐन–२०६३ का प्रावधानले अप्ठेरो पारेपछि मन्त्रिपरिषदको निर्णयअनुसार अब पहिले नै ८० प्रतिशत रकम सोझै भुक्तानी र डेलिभरीसँगै २० प्रतिशत रकम भुक्तानी गर्न सकिने भएको छ ।

भारतीय खोप उत्पादक कम्पनी सिरन इन्स्टिच्यूटको सर्त अनुसार अग्रिम भुक्तानी गरेर सरकारले २० लाख डोज खोप खरिदका लागि बाटो खुला गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay