scheduleबुधवार आश्विन ६ गते, २०७८

यूरोपा लिग फुटबल: सोसिडाडमाथि युनाइटेडको फराकिलो जीत

काठमाडौं, ७ फागुन । युइएफए युरोपा लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले जीत हासिल गरेको छ । अन्तिम ३२ को पहिलो लेगको खेलमा युनाइटेडले स्पेनिस क्लब रियल सोसिडाडलाई ४-० को फराकिलो अन्तरले हराएको हो ।

युनाइटेडको जीतमा ब्रुनो फर्नान्डेसले २ तथा मार्कस रासफर्ड र डानियल जेम्सले १-१ गोल गरेका थिए ।

खेलको २७औं मिनेटमा फर्नान्डेसको गोलमार्फत युनाइटेडले अग्रता लिएको थियो । दोस्रो हाफको ५७औं मिनेटमा उनैले व्यक्तिगत दोस्रो गोल गरेपछि युनाइटेड २-० ले अघि बढ्यो ।

६४औं मिनेटमा रासफर्डले गोल गर्दै युनाइटेडलाई ३-० ले अगाडि बढाए । ९०औं मिनेटमा जेम्सले गोल गर्दै युनाइटेडलाई ४-० को फराकिलो जीत दिलाए ।

अन्य खेलमा बेनफिका र आर्सनलले १-१ गोलको बराबरी खेल्दा स्लाभिया प्राहा र लेस्टर सिटीले गोलरहित बराबरी खेलेका छन् ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय