scheduleसोमवारफाल्गुन २४ गते, २०७७

नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा सफल अवतरण

एजेन्सी, ७ फागुन । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाको अन्तरिक्षयान मङ्गल ग्रहमा अवतरण गरेको छ । सात महिनाअघि जमिनबाट पठाइएको अन्तरिक्ष यान करिब आधा अर्ब किलोमिटर तय गर्दै शुक्रबार विहान मङ्गल ग्रहमा सफल अवतरण गरेको हो ।

मंगल ग्रहमा अवतरण गर्नासाथ सो यानले एक तस्वीर ट्वीट गरेको थियो । ‘पर्सिभरेन्स मार्स रोभर’ नाम दिइएको अन्तरिक्ष यान मङ्गल ग्रहको सतहमा अवतरण गर्नासाथ नासाको कन्ट्रोल रुममा रहेका वैज्ञानिकहरु खुसी भएका थिए । यो यानलाई मङ्गल ग्रहमा सफल अवतरण गराउनु नै सबैभन्दा ठूलो चुनौती ठानिएको थियो ।

सन् १९७० पछि नासाको यो पहिलो मिसन हो, जसले मंगल ग्रहमा जीवनको संकेत खोजी गर्ने छ । यो मिसनलाई नासाको सबैभन्दा महात्वाकांक्षी योजनाको रुपमा लिइएको छ ।

यसले मंगल ग्रहमा सुकिसकेको एक खण्डहर पोखरी र अर्बौं वर्ष पहिले माइक्रो–अर्गानिज्मको कुनै पनि चिह्न वा गतिविधिको पनि अनुसन्धान गर्ने बीबीसीले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay