scheduleमगलवारबैशाख ७ गते, २०७८

मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता : महिलातर्फको उपाधि म्याग्दीलाई

कास्की, ८ फागुन । म्याग्दी जिल्लाले मुख्यमन्त्री कप गण्डकी प्रदेश स्तरीय भलिबल प्रतियोगिता अन्तर्गत महिलातर्फको उपाधि जितेको छ ।

पोखरा रंगशालामा आज भएको फाइनलमा पर्वतलाई ३–० को सोझो सेटमा पराजित गर्दै म्याग्दीले उपाधी जितेको हो । उपाधि जित्ने क्रममा म्याग्दीले पर्वतमाथि २५–१४, २५–१४ र २५–१७ को सोझो सेटमा जित निकाल्यो ।

उपाधिसँगै म्याग्दीले २ लाख प्राप्त गरेको छ । उपविजेता पर्वतले १ लाख पाएको छ । तेस्रो भएको तनहुँले ५० हजार प्राप्त गरेको छ । तेस्रो स्थानको लागि आजै भएको खेलमा तनहुँले कास्कीलाई २५–१६, २२–२५, २५–१४ र ३०–२८ ले पराजित गरेको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay