scheduleसोमवारफाल्गुन २४ गते, २०७७

८० जना कोरोना संक्रमित थपिए, ४९ जना काठमाडौंमा

काठमाडौं, ९ माघ । नेपालमा आइतबार थप ८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा. डा.जागेश्वर गौतमले थप ८० जनामा कोरोना भाइरस पुष्टि भएको जानकारी दिएका छन् । थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकाका ४९ जना रहेका छन् ।

त्यसमध्ये काठमाडौंका ३६, ललितपुरका ११ र भक्तपुरका २ जना रहेको उनले बताए । नयाँ थपिएकासंगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ४५१ पुगेको उनले बताए ।

त्यस्तै थप १२१ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २ लाख ६९ हजार ८७६ जनाले कोरोना जितेका छन् । गत २४ घण्टामा कोरोनाका कारण कसैको पनि ज्यान नगएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए । हालसम्म नेपालमा दुई हजार ६१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

हाल नेपालमा १४ सय ९४ जना आइशोलेशन र ६८ जना क्वारेन्टाइनमा छन् भने हालसम्म २१ लाख ३९ हजार ६३४ वटा पिसिआर परक्षिण गरिएको मन्त्रालयले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay