scheduleबिहिवारबैशाख ९ गते, २०७८

विप्लवसँग सरकारले वार्ता गर्न लाग्दा धेरैलाई छटपटि भएको छः प्रम ओली

काठमाडौं, ९ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्ना विरोधीहरुलाई प्रतिबन्धित नेकपासँग हुने भनिएको वार्ताको कुराले छटपटी भइरहेको बताएका छन् ।

पाँचौ इन्द्रदह पर्यटन महोत्सव आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले प्रतिबन्धित नेत्रविक्रम चन्द्र (विप्लव) समूहसँग सरकारले वार्ता गर्ने तयारी गरेसँगै कतिपयलाई छटपटि भएको टिप्पणी गरेका हुन् । प्रधानमन्त्री ओलीले फरक राजनीतिक बाटोमा रहेका विप्लव समूहलाई वार्तामा ल्याएर शान्तिपूर्ण राजनीतितर्फ डोहोर्‍याउन आफूले पहल गरिरहेको बताए ।

उनले बैशासको कुनै पनि हालतमा निर्वाचन भएरै छड्ने बताउँदै दुवै चरणको निर्वान गर्न सरकार तयार रहेको जिकिर गरे । प्रधानमन्त्री ओलीले बैशाख १७ गते ४० जिल्लामा र २७ गते अन्य जिल्लामा निर्वाचन हुने बताए ।

प्रधानमन्त्री ओलीले आफ्नो बारेमा कसैले राम्रो भनोस भनेर आफुले कार्य सम्पादन नगरेको बताउदै जनताको भलो गर्न कार्य सम्पदान गरिरहेको बताए । उनले दाहाल नेपाल पक्षलाई संकेत गर्दै सरकारलाई अवरोध गर्नेहरू पार्टीबाट बाहिरिएपछि मात्रै देश र जनताको पक्षमा उल्लेखनीय काम भइरहेको तर्क गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay