scheduleबुधवारबैशाख ८ गते, २०७८

शहरी योजना आयोगको आयोजनामा प्रसंशनीय खोज तालिम

काठमाडौं, १० फागुन । पोखरा महानगरपालिकाको शहरी योजना आयोगले प्रसंशनीय खोज दृष्टिकोणको आवासीय तालिम आयोजना गरेको छ । फागुन ६ देखि ८ गतेसम्म धम्पुसमा आयोजित तालिममा शाखा तथा महाशाखा प्रमुखहरुको लागि प्रसंशनीय खोज दृष्टिकोणबारे प्रशिक्षित गरिएको हो ।

महानगर प्रमुख मानबहादुर जिसीले तालिमले सबै सहभागीहरुमा आफना र संस्थाका सवल पक्षहरु उजागर गरेर आफनो नीजि जीवन तथा महानगरपालिकाका काम कार्यवाहीहरु सकारात्मक रुपमा सम्पादन गरेर सेवाग्राहीको मनमा सकारात्मक छाप छोडने सिप र दक्षता विकास गरेको विश्वास व्यक्त गरे ।

पचास जना सहभागी रहेको यस तालिमको मुख्य उद्देश्य सहभागीहरुमा सकारात्मक सोचको विकास गरी सेवा प्रवाहमा उच्च स्तरको जिम्मेवारी र जवाफदेहिताको वोध गर्ने प्रतिवद्धता वृद्धि गराउने रहेको तालिमका सहजकर्ता एवम् परिकल्पनाकार शहरी योजना आयोगका उपाध्यक्ष डा. रामचन्द्र लामिछानेले जानकारी दिए ।

प्रसंशनीय खोज दृष्टिकोण व्यक्ति, महाशाखा तथा महानगरपालिका भित्र र बाहिर रहेका सवल पक्षहरुको खोजीनीति गर्ने, सफलताका कारणहरु खोज्ने ती सफलताका कारणहरुलाई आमुल रुपान्तरणका मुद्दाहरुसँग जोडेर नयाँ महानगरपालिकाको परिकल्पना गर्दै सो परिकल्पना साकार पार्न नयाँ संगठनात्मक संरचनाको खाका तयार गरी कार्यान्वयनको लागि कार्ययोजना तयार गर्ने विधि रहेको लामिछानेले बताए ।

विगतका सफलता र भविष्यको चाहनाको आधारमा कार्ययोजना निर्माण गरीने भएकोले यस विधिलाई आमुल रुपान्तरणकारी विधी पनि भनिने उनले स्पष्ट पारे । प्रशिक्षणमा सहभागीहरुले तालिममा प्रयोग गरिएका विधि तथा प्रक्रियाहरु रोचक र नयाँ रहेको प्रतिक्रिया दिए ।

महिला विकास अधिकृत विष्णु माया पौडेलले यो तालिम विगतका सबै तालिमभन्दा फरक थियो र यसले आफुभित्र प्रयाप्त सकारात्मक ऊर्जा भरेको बताए । महानगरका सूचना अधिकृत भरत पौडेलले यस तालिमको अवधिलाई जीवनकै एक अविस्मरणीय क्षण भएको बताए ।

अर्का सहभागी शिक्षा महाशाखा प्रमुख हेमप्रसाद आचार्य तीन दिनको धम्पुस बसाइ पछि प्रयाप्त ऊर्जा लिएर फर्किन लागेको र यस ऊर्जाले समग्र महानगरपालिकाको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्ने बताए ।

महानगरपालिकाको सवल पक्षहरु र नगरबासीहरुको भविष्यको चाहनाको आधारमा सहभागीहरु तीन समुहमा विभाजित भई आगामी १० वर्ष पछाडीको पोखर महानगरपालिकाको परिकल्पना तयार गरेका थिए । उक्त परिकल्पनाको आधारमा महानगरपालिकाको नयाँ बजेट, नीति तथा कार्यक्रम तर्जुमा गरिनुपर्नेमा कार्यक्रमका सहभागीहरुले जोड दिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay