scheduleसोमवारफाल्गुन २४ गते, २०७७

डा. भट्टराईद्वारा दिल्लीमा स्वास्थ्य उपचार सुरु

काठमाडौं, १० फागुन । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले नयाँ दिल्लीमा उपचार सुरु गरेका छन् । डा. भट्टराई मंगलबारदेखि अस्पतालमा भर्ना भएर उपचार सुरु गर्ने उनका प्रेस संयोजक विश्वदीप पाण्डेले जानकारी दिए ।

सोमबार भट्टराईले आफ्नो स्वास्थ्य समस्याको विषयमा चिकित्सकसँग परामर्श लिएका छन् । ‘भारतको नयाँ दिल्लीस्थित ‘इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस’मा भर्ना भई उहाँको स्वास्थ्यको थप परीक्षण हुनेछ । भोलि उहाँलाई अस्पतालमा भर्ना गरिनेछ,’ पाण्डेले भने ।

उनी आइतबार नेपाल वायुसेवाको जहाजबाट भारतको नयाँ दिल्ली गएका हुन् । उनको पेटमा समस्या देखिएपछि लामो समयदेखि काठमाडौंको निदान अस्पतालमा परीक्षण तथा उपचार गराउँदै आएका थिए । अहिले चिकित्सकहरुले न्युरो-इन्डोक्राइनको ट्युमर भएको आशंका गरी सल्लाह र सिफारिश गरेपछि दिल्ली उडेका थिए ।

दिल्लीमा उनी नेपाली राजदूताबासमा बसिरहेका छन् । उपचारका क्रममा उनीसँग पूर्वमन्त्री तथा नेतृ हिसिला यमी र जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य तथा उनका प्रेस सल्लाहकार विश्वदीप पाण्डे रहेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay