scheduleशुक्रवार आश्विन १ गते, २०७८

युवाहरु नेतृत्व तहसम्म नआएसम्म मुलुकको विकास हुन सक्दैनः नेता बस्नेत

काठमाडौं, १० फागुन । नेपाली कांग्रेस खेलकुद विभागका प्रमुख मोहन बहादुर बस्नेतले युवाहरु नेतृत्व तहसम्म नआएसम्म मुलुकको विकास हुन नसक्ने बताएका छन् ।

नेपाल लोकतान्त्रिक खेलकुद संघद्वारा अयाोजित बृहत रक्तदान तथा सम्मान कार्यक्रममा बस्नेतले युवाहरु नै मुलुकको परिवर्तनको आधार भएको भन्दै उनीहरुलाई राज्यको नेतृत्व तहमा पुराउनुपर्ने धारणा राखेका हुन् ।

राज्य र दलहरुले युवाहरुलाई अवसर नदिदा लाखौं युवाहरु विदेशीन बाध्य भएको उनको भनाइ छ । बस्नेतले दलहरुले पनि आफ्नो बिधी बिधानमा युवाहरुलाई प्राथमिकतामा राख्नुपर्ने जिकिर गरे ।

उनले कुनै पनि पार्टीले युवाहरुलाई सम्मान गर्न नजानेको बताए । संविधान बनाउनदेखि कार्यान्वयन गर्ने अवस्था सम्म युवाहरुको भूमिकालाई नजरअन्दाज गर्न नमिल्ने उनले बताए ।

कार्यक्रममा बिभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको थियो ।

प्रतिकृया लेख्नुहोस्:

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय