scheduleमगलवारबैशाख ७ गते, २०७८

पर्यटन व्यवसायीको सामूहिक स्वर- सरकार ! व्यवसायलाई पुनर्जीवन देऊ

काठमाडौं, १० फागुन । पर्यटन व्यवसायीहरुले कोरोनाका कारण पर्यटन व्यवसाय संकटमा परेको भन्दै व्यवसायलाई पुनर्जीवन दिन सरकारको ध्यानाकर्षण गराएका छन् ।

पर्यटनसंग सम्बन्धित संघ संस्थाहरुले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सबै किसिमका पर्यटन गतिविधिलाई निर्वाध रुपमा सूचारु गर्ने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका हुन् ।

महामारीका कारण पर्यटन व्यवसायीहरुलाई परेको मर्काहरु बारम्बार नेपाल सरकार र सरकारका विभिन्न नियकाहरुसँग लिखित र मौखिक रुपमा राखी सम्बोधनका लागि अनुरोध गर्दा पनि सरकारले बेवास्ता गरेको उनीहरुले आरोप लगाएका छन् ।

उनीहरुले अनलाइन र अनअराइभल भिसा तथा विदेशस्थित नेपाली दुतावास वा नियोगहरुबाट भिसाको व्यवस्था पूर्ववत् रुपले गराउनु पर्ने, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कोभिड जाँच मेशिन राख्ने अथवा तोकिएको स्वास्थ निकायबाट नमुना संकलन गर्ने व्यवस्था गर्न माग गरेका छन् ।

पत्रकार सम्मेलनमा ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपालका अध्यक्ष खुमबहादुर सुवेदीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै छिटो भन्दा छिटो पर्यटनका सवै क्षेत्र खुल्ला नगरे पर्यटन क्षेत्र धरासयी हुने बताए । आफुहरुको जायज माग सरकारले नसुने कडा आन्दोलन गर्ने चेतावनी उनले दिए ।

व्यवसायीहरुले नेपाल र चीनबीचको सीमा नाकाहरु यथाशिघ्र खोल्नु पर्ने, नेपाल घुम्न आउने पर्यटकहरुले कम्पनीबाट अनिवार्य गाइड तथा पदयात्रा सहयोगी लिएर मात्र नेपाल भ्रमण गर्न–गराउन पाउनु पर्ने व्यवस्था गर्नु पर्ने लगाएतका माग पनि अघि सारेका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay