scheduleसोमवारफाल्गुन २४ गते, २०७७

गोकर्णलाई शंकरको धम्की- ओली समूहमा नआए सडकमा पुर्‍याउँछौं

फाइल तस्बिर

गुल्मी, १० फागुन । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले पूर्वमन्त्री गोकर्ण विष्टविरुद्ध धम्कीपूर्ण चेतावनी दिएका छन् । मुख्यमन्त्री पोखरेलले विष्टलाई ओली समूहमा नआए सडकमा पुर्‍याउने धम्की दिएका हुन् ।

गुल्मीमा नेपाल कम्युनिष्ट पार्टी (ओली समूह) आयोजना गरेको अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री पोखरेलले अर्को चुनाव हराउने बताए । पोखरेल ओली समूहमा छन् भने विष्ट विभाजित नेकपाको दाहाल-नेपाल समूहमा छन् ।

हाल गुल्मी क्षेत्र नम्बर २ का सांसद विष्टलाई ओली समूहमा नआए गुल्मी क्षेत्र नम्बर २ बाट चुनाव हराउने चेतावनी पोखरेलले दिए । विष्ट लागेको पार्टीले गलत बाटो लागेको भन्दै पोखरेलले उनलाई ओली समूहमा आउन आग्रह गरे ।

प्रचण्ड—माधव समूहले नै देशलाई अस्थिरतातर्फ लगेको आरोप लगाउँदै देशलाई अस्थिरताबाट जोगाउन प्रतिनिधिसभा विघटन गर्नुपरेको जिकिर उनले बताए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay