scheduleशनिवारफाल्गुन २२ गते, २०७७

नेपाल सुपर लिग फुटबल वैशाख दोस्रो साता

काठमाडौँ, १० फागुन । नेपाल सुपर लिग (एनएसएल) फुटबल प्रतियोगिता आगामी वैशाख दोस्रो सातादेखि शुरु हुने भएको छ ।

नेपाल स्पोर्ट्स एण्ड इभेन्ट्स म्यानेजमेन्टले आयोजना गर्ने उक्त प्रतियोगिता वैशाख ११ गतेदेखि सञ्चालन हुनेछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा सञ्चालन हुने उक्त प्रतियोगिता वैशाख २५ गतेसम्म चल्ने आयोजक संस्थाले जनाएको छ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को प्राविधिक सहयोगमा हुने सो लिगमा सातवटै प्रदेशको सात टोलीको सहभागिता रहने छ ।

प्रतियोगिता राउण्ड रोबिन लिगको आधारमा हुनेछ । प्रत्येक टोलीमा तीन विदेशी खेलाडी राख्न पाइने प्रावधान छ । खेलाडीको छनोट अक्सनबाट हुनेछ । अक्सनबाट प्रत्येक टोलीले २० खेलाडी छनोट गर्न पाउने आयोजक संस्थाले जनाएको छ । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay