पुनः सञ्चालनमा तातोपानी नाका
काठमाडौं, ११ फागुन । तातोपानी नाका सोमबार पुनः सञ्चालनमा आएको छ । एक सातादेखि बन्द नाका खुलेसँगै अब व्यवसायीहरुले चाहे जति सामान तातोपानी नाकाबाट भित्र्याउन सक्ने तातोपानी भन्सार कार्यालयले जनाएको छ ।
सोमबारबाट खुलेको नाकाबाट ८ वटा कन्टेनर नेपाली व्यवसायीको सामान लिएर आउँदै गरेको तातोपानी भन्सार कार्यालय प्रमुख लालबहादुर खत्रीले जानकारी दिए ।
माघ ३० गते शुक्रबारबाट बन्द भएको नाका आजदेखि पुनः सञ्चालनमा आएको खत्रीले जानकारी दिए । नाका खुलेसँगै अब नेपाल भित्रिने कन्टेनरको कोटा पनि हटेको खत्रीले बताए ।