scheduleशनिवारफाल्गुन २२ गते, २०७७

रोनाल्डो चम्कँदा युभेन्ट्स विजयी

काठमाडौं, ११ फागुन । इटालियन फुटबल लिग सिरी ए अन्तर्गत युभेन्ट्सले जित निकालेको छ । क्रिस्टियानो रोनाल्डो चम्कँदा युभेन्ट्सले शानदार जित दर्ता गरेको हो ।

गएराति भएको खेलमा युभेन्ट्सले क्रोटोनलाई ३-० गोलले पराजित गरेको छ । युभेन्ट्सलाई घरेलु मैदानमा जित दिलाउन क्रिस्टियानो रोनाल्डोले २ तथा वेस्टन केन्नीले १ गोल गरेका हुन् ।

पाहुना टोलीमाथि अधिकांश दबाव सिर्जना गर्दै युभेन्टसले जित सुनिश्चित गरेको हो ।

जितसँगै युभेन्ट्स तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसको २२ खेलबाट ४५ अंक छ । यता क्रोटोन भने २३ खेलबाट १२ अंकसहित तालिकाको पुछारमा छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay