scheduleसोमवारफाल्गुन २४ गते, २०७७

संवैधानिक इजलासमा बहस सकिएको प्रतिनिधिसभा विघटन मुद्दामा पेसी आज

काठमाडाैं, ११ फागुन । प्रधानमन्त्री केपी ओलीले गरेको प्रतिनिधिसभा विघटनविरुद्ध सर्वाेच्च अदालतमा परेको मुद्दामा आज पेसी तोकिएको छ । सर्वाेच्च अदालतको संवैधानिक इजलासमा बहस सकिएको उक्त मुद्दामा अब फैसलाको प्रतिक्षा छ ।

पछिल्लो समय सर्वाधिक चासोका साथ हेरिएको सो मुद्दामा रिट निवेदक र विपक्षी दुवैतर्फका वकिलको बहस सकिएको छ । अदालतले यो मुद्दामा एमिकस क्युरी बोलाएकामा उनीहरुले पनि आफ्नो राय दिइसकेका छन् । दुवैतर्फका वकिलको बहस र एमिकस क्युरीको राय सकिएपछि संवैधानिक इजलासमा विचाराधीन प्रतिनिधि सभा विघटन मुद्दा आजदेखि हेर्दाहेर्दैमा जाने भएको छ ।

संसद् विघटनविरुद्ध परेका रिटका पक्ष र विपक्षमा बहस गरेका अधिवक्तालाई बहस नोट बुझाउन हिजोसम्मको समय दिएको इजलासले आजदेखि मुद्दा हेर्दाहेर्दैमा राखेर जुनसुकै बेला फैसला हुन सक्ने जानकारी गराएको हो । संवैधानिक इजलासमा गत माघ ४ देखि भएको बहस गत शुक्रबार सकिएको थियो ।

संसद विघटनविरुद्ध परेका रिटबारे सुनुवाइ भने पुस ८ गते सुरु भएको थियो । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले संविधानको धारा १३७ (३) बमोजिम मुद्दा संवैधानिक इजलासमा पेस गर्न आदेश दिएको थियो । त्यसपछि संसद् विघटन मुद्दाको बहस संवैधानिक इजलासमा भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay