scheduleसोमवारफाल्गुन २४ गते, २०७७

एकैदिन एघार सयले उकालो लाग्यो सुनको मूल्य

काठमाडाैं, ११ फागुन । स्थानीय बजारमा सुनको मूल्य तोलामा एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्य एक हजारभन्दा बढीले सुधार आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार ८९ हजार ९०० मा कारोवार भएको छापावाला सुन आज भने तोलामा ९० हजार १०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ ।

यस्तै तेजाबी सुन सोमबार तोलामा ८८ हजार ५५० मा कारोवार भएकामा आजका लागि भने ८९ हजार ६५० मा कारोवार भएको छ । तेजाबी सुनसमेत तोलामा एक हजार १०० ले उकालो लागेको हो ।

चाँदीको मूल्यमा समेत आज २५ ले वृद्धि भएको छ । तोलामा एक हजार ३३५ मा सोमबार कारोवार भएको चाँदी आज भने एक हजार ३६० मूल्य कायम भएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay