सुरक्षा परिषद् बैठक सकियो, मन्त्रिपरिषद्को बैठक जारी
काठमाडाैं, ११ फागुन । आज बिहान बसेको सुरक्षा परिषदको बैठक सकिएको छ । बैठकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको गतिविधिको समीक्षा गर्नुका साथै उक्त समूहमाथि लगाएको प्रतिबन्ध फुकुवा गर्ने विषयमा छलफल भएको बताइएको छ । यसअघि गत कात्तिकमा सुरक्षा परिषदको बैठक बसेको थियो ।
सुरक्षा परिषद् बैठक लगत्तै प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बसेको छ । सो बैठक अहिले जारी छ । बैठकले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीमाथि लगाइएको प्रतिबन्ध हटाउने निर्णय गर्न सक्ने सम्भावना रहेको बताइएको छ ।
एक मन्त्रीका अनुसार बैठकले प्रतिबन्ध फुकुवाको निर्णय गरेर विप्लव नेकपालाई औपचारिक रूपमा वार्ताको लागि आह्वान गर्ने सम्भावना रहेको छ । विप्लबले सरकारले वार्ताको वातावरण बनाए आफूहरु संवादका लागि तयार रहेको यसअघि नै बताइसेका छन् ।