scheduleसोमवारफाल्गुन २४ गते, २०७७

प्रधानमन्त्री ओलीले लिए पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी

काठमाडाैँ, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकको पछिल्लो सुरक्षा अवस्थाको बारेमा जानकारी लिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा उनले मुलुकको समग्र सुरक्षा अवस्थाका बारेमा जानकारी लिएका हुन् ।

प्रधानमन्त्री ओली सरकारले घोषणा गरेको निर्वाचनको मिति नजिकिदै जाँदा मुलुकको सुरक्षा अवस्थालाई मजबुद बनाउन पनि निर्देशन दिएको बुझिएको छ । त्यस्तै प्रतिवन्धीत विप्लव समूहको गतिविधीका बारेमा पनि उनले जानकारी लिएको बताइएको छ ।

बैठकमा अर्थमन्त्री विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा समेत सहभागी थिए । समग्र राष्ट्रिय हित, सुरक्षा र प्रतिरक्षा सम्बन्धी नीति तर्जुमा गर्न तथा नेपाली सेना परिचालन वा नियन्त्रणका लागि सरकारलाई सिफारिस गर्न प्रधानमन्त्रीको अध्यक्षतामा राष्ट्रिय सुरक्षा परिषद् रहने संवैधानिक प्रावधान छ ।

सुरक्षा परिषदको बैठक यसअघि गत कात्तिक ५ गते बसेको थियो । सुरक्षा परिषद् पछि बालुवाटारमा नै प्रधानमन्त्री ओली र प्रधानसेनापति पूर्णचन्द्र थापाबीच एकघण्टा छलफल भएको थियो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay