scheduleबुधवारबैशाख ८ गते, २०७८

श्रीमती हत्या आरोपमा राई पक्राउ

झापा, ११ फागुन । दमक नगरपालिका–३ स्थित भुटानी शरणार्थी शिविरमा ५५ वर्षीय सरे राईलाई आफ्नै श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ । शरणार्थी शिविर सेक्टर डी ४ छाप्रा नं २९ बस्ने तामाङले मादक पदार्थ सेवन गरेर कुटपिट गरी ४९ वर्षीया विष्णुमाया तामाङको हत्या गरेको बताइएको छ ।

श्रीमतीको हत्या गरी फरार उनलाई प्रहरीले आज पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई प्रहरीले दमक नगरपालिका–२ स्थित एकघरमा लुकिरहेको अवस्थामा पक्राउ गरेको हो । अभियुक्त तामाङलाई इलाका प्रहरी कार्यालय दमकको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए । रासस

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay