ओलीले सुरक्षा निकायका प्रमुखसहित मन्त्रीहरूलाई बोलाए बालुवाटार
काठमाडौं, ११ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले चारै वटा सुरक्षा निकायका प्रमुख र सबै मन्त्रीहरूलाई बालुवाटार बोलाएका छन् । बेलुका साढे ५ बजेका लागि बालुवाटारमा बोलाइएको एक मन्त्रीले जानकारी दिए।
‘सुरक्षा निकायका प्रमुख र मन्त्रीहरूलाई प्रधानमन्त्रीले बोलाउनु भएको छ, छलफलको विषयबारे जानकारी दिइएको छैन।’ उनले भने ।
मंगलबार बिहान राष्ट्रिय सुरक्षा परिषद्को बैठकलगत्तै मन्त्रिपरिषद् बैठक बसेको थियो । सुरक्षा परिषद्को बैठकमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपाबारेको समिक्षा र निर्वाचन सुरक्षाका विषयमा छलफल भएको थियो ।