scheduleआइतवारफाल्गुन १६ गते, २०७७

राजीनामा नआए ओलीलाई इतिहासको कठघरामा नमजासँग मिल्काइन्छः प्रचण्ड

काठमाडौं, ११ फागुन । विभाजित नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय बदर गरेसँगै प्रधानमन्त्री केपी ओलीलाई राजीनामा दिन सुझाव दिएका छन् ।

मंगलबार साँझ चितवनमा आयोजित कार्यक्रममा प्रचण्डले प्रतिनिधिसभा विघटन गर्ने ओलीको असंवैधानिक कदमका कारण दुई महिनादेखि जनता पीडा र आवेग परेको उल्लेख गरे । उनले अब राजीनामा दिन प्रधानमन्त्री ओलीलाई सुझाव दिए ।

उनले भने, ‘म केपी ओलीलाई पनि भन्न चाहन्छु, तपाईंले चालेका गलत कदमका कारण दुई महिनादेखि नेपाली जनता ठूलो पीडा र आवेग पैदा भयो । यदि तपाईंमा अलिकति पनि लाज छ । अलिकति पनि घिन र नैतिकता छ भने राजीनामा दिनुस् ।’

राजीनामा नआए ओलीलाई इतिहासको कठघरामा नमजासँग मिल्काइने प्रचण्डले बताए । प्रचण्डले यसबीचमा नेकपा ओली समूहतिर लागेका नेता, कार्यकर्ताहरुलाई दाहालले कुनै भ्रममा नपरी आफ्नो समूहमा आउन अपील गरे । उनले भने, ‘अब केपीको भुलभुलैयामा बस्ने समय छैन । संविधान र लोकतन्त्रको पक्षमा, मूल पार्टीमा आउनोस् हामी स्वागत गर्न तयार छौं ।’

संसद पुनःस्थापना भएको क्षणमा आफूलाई गौरवको अनुभूति भएको र यो ऐतिहासिक रहेको अनुभूति बताए । उनले पूर्वनिर्धारति विरोध कार्यक्रमलाई देशभर विजय जुलुसका रुपमा मनाउन आह्वान पनि गरे ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay