scheduleबुधवारबैशाख ८ गते, २०७८

जमानतमा रिहा भइन् दिशा रवि

नयाँ दिल्ली, १२ फागुन । जलवायु अभियन्ता दिशा रवि जमानतमा रिहा भएकी छिन् । २२ वर्षीया रविलाई दिल्लीस्थित पटियाला हाउस अदालतले जमानतमा रिहा गर्न आदेश दिएको हो ।

करिब तीन महिनादेखि जारी किसान आन्दोलनको समर्थनमा भारतको अन्तर्राष्ट्रियस्तरमा छवि बिगार्ने गरी टुलकिट तयार पार्ने काममा संलग्न भएको उनीमाथि आरोप लागेको थियो ।

भारत सरकारले उनीमाथि देशविरुद्ध प्रचारप्रसारमा सघाएको आरोपमा गत फेब्रुअरी १३ मा उनको गृहनगर बैंग्लोरबाट पक्राउ गरेको थियो । मंगलबार एडिसनल सेसन जज धर्मेन्दर रानाको इजलासले दुई लाख भारतीय रुपैयाँ जमानत तोकी रविलाई छाड्न आदेश गरेको भारतीय सञ्चार माध्यमहरुले खबर लेखेका छन् ।

रविका वकिलले ५० हजार भारुमा जमानत दिन गरेको निवेदन भने अदालतले खारेज गरिदिएको थियो । आदेशमा यसअघि कुनै आपराधिक क्रियाकलापमा संलग्न नरहेकी रविलाई जमानत नदिन ठोस कारण नभेटिएको र राज्यद्रोहको आरोपमा जेलमा पठाउनै पर्ने प्रमाणसमेत नभेटिएको तर्क गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay