scheduleबुधवारबैशाख ८ गते, २०७८

बङ्गलादेशले अप्रिल ७ देखि कोभिड–१९ विरूद्धको खोपको दोस्रो मात्रा दिने

ढाका, १२ फागुन । बङ्गलादेश सरकारले अप्रिल ७ देखि आम नागरिकका लागि देशभर कोभिड–१९ विरूद्धको दोस्रो खोपको मात्रा दिने निर्णय मङ्गलबार गरेको छ ।

बङ्गलादेशका स्वास्थ्य मन्त्री जाहिद मालेकले प्रेस सम्मेलनमा भने, ‘बङ्गलादेशले फेब्रुअरी ७ मा राष्ट्रव्यापी कोभिड–१९ विरूद्धको खोपको दोस्रो अभियान सुरू गर्छ ।’

बङ्गलादेशमा करीब ३० लाख नागरिकलाई कोभिड–१९ विरूद्धको पहिलो खोपको मात्रा दिइएको छ ।

बङ्गलादेश सरकारले विभिन्न उच्च जोखिम समूहका एक करोड ६० लाख ९० हजार नागरिकलाई प्राथमिकताका आधारमा खोप दिने योजना बनाइरहेको उनले बताए ।

बङ्गलादेशमा गत वर्षको मार्चदेखि देशका करिब सबै जिल्लाहरूमा कोभिड–१९ को सङ्क्रमण फैलिएको सरकारी तथ्याङ्क रहेको छ । अहिलेसम्म यहाँ पाँच लाख ४४ हजार ११६ व्यक्तिमा सङ्क्रमण भएको पुष्टि गरिएको छ भने आठ हजार ३७४ जनाको मृत्यु भइसकेको छ । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay