scheduleबुधवारबैशाख ८ गते, २०७८

इन्डोनेसियामा शिक्षकहरूलाई खोप लगाउन सुरु

जाकार्ता, १२ फागुन । इन्डोनेसियामा कोरोनाभाइरसविरुद्धको खोप शिक्षकहरूलाई लगाउन थालिएको छ ।

राष्ट्रपति जोको विडोडोले बुधबारदेखि विद्यालयका शिक्षक तथा कर्मचारीहरूलाई खोप लगाउन थालिएको जानकारी दिए ।

देशका ३३ प्रान्तमा खोप अभियान सुरु गरिएको पनि उनले बताए । यो क्रम केही समय चलिरहने उनको भनाइ छ ।

देशभरी झण्डै ५० लाख शिक्षक तथा विद्यालय कर्मचारीहरू रहेकाले उनीहरूलाई आगामी जुलाईसम्ममा खोप लगाएर सकिने सरकारी अधिकारीहरूको अनुमान छ ।

‘शिक्षक तथा विद्यालयका कर्मचारीहरूले लाखौँ विद्यार्थीहरूसँग प्रत्यक्ष संसर्गमा रहेर काम गर्नुपर्ने भएकाले उनीहरूलाई प्राथमिकताको सूचीमा राखेर खोप लगाउन थालिएको हो,’ राष्ट्रपति विडोडोले भने ।

इन्डोनेसियामा आमरूपमा कोरोनाभाइरसविरुद्धको खोप लगाउने अभियान गत जनवरी १३ तारिखदेखि सुरु भएको हो ।

इन्डोनेसियामा अहिले दुई करोड ८० लाख चिनियाँ खोप रहेको र त्यो लगाउने क्रम चलिरहेको अधिकारीहरूले जनाएका छन् । सिन्ह्वा

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay