scheduleआइतवारबैशाख ५ गते, २०७८

अंगुर खानुका फाइदैफाइदा

एजेन्सी । अंगुर फलको रुपमा पनि खान सकिन्छ भने यसको अर्को महत्व भनेको पय पर्दा वाइन हो । अंगुर खाँदा होस् या वाइन खाँदा शरिरलाई फाइदा हुन्छ । त्यस्तै जुस, जाम लगायतको खानेकुराहरु बनाउनपनि अंगुरको प्रयोग गरिन्छ । अंगुरमा सुगर, भिटामिन, प्रोटिन, क्याल्सियम, फ्लुराइडलगायतका तत्व पाइन्छन् ।

अंगुरले फोक्सोमा आर्द्रता बढाउने भएकाले अंगुर दमको समस्या समाधान गर्न मद्दत गर्छ । अंगुरले रगतमा नाइट्रिक अक्साइडको मात्रा बढाउँछ, रगत जम्नबाट रोक्छ र हृदयाघातको खतरा कम हुन्छ । माइग्रेनको लागि अंगुर उपयोगी मानिन्छ । यसका लागि पानी नमिसाइकन बिहान सबेरै जुस पिउनुपर्छ ।

अंगुरले कब्जियत घटाउन मद्दत गर्छ किनकि यसमा अर्गानिक एसिड, सुगर र सेलुलोज हुन्छन् । यसले क्रोनिक कब्जियतलाई समेत निको पार्छ । त्यस्तै, अंगुरले युरिक एसिडबाट अम्लीय पदार्थ हटाउन मद्दत गर्छ र शरीरको प्रणालीबाटै एसिड हटाउँछ र मिर्गौलाको कार्यक्षमता बढ्छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay