scheduleबुधवारबैशाख ८ गते, २०७८

भायानेटको अफर १ रुपैँयामा मा सेट–अप बक्स

काठमाडाैं, १३ फागुन । भायानेटले १ रुपैँयामा मा सेट–अप बक्स अफर ल्याएको छ । यो अफर अन्तर्गत ग्राहकहरुले अब भायानेटको १ वर्षको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्स मात्र १ रुपैंयामा मा प्राप्त गर्न सक्नेछन् ।

यस्तै १ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य १ हजार पर्नेछ भने ३ महिना र ६ महिनाको इन्टरनेट लिंदा भायाटिभीको सेटअप बक्सको मूल्य ५०० पर्नेछ ।

कम्पनीका अनुसार यो अफरको मुख्य उद्देश्य भनेको ग्राहकहरुलाई न्यूनतम मूल्यमा भायाटिभी मार्फत् अधिकतम मनोरञ्जन प्रदान गर्नु हो ।

भायानेट नेपालभरि व्यावसायिक र व्यक्तिगत प्रयोजनका लागि उच्च गतिको इन्टरनेट कनेक्टिभिटी र कम्यूनिकेशन सोलुशन प्रदायक हो । भायानेटले आफ्ना ग्राहकहरुलाई सेवाहरु र अफरहरु प्रदान गर्ने कुरामा सधैं अगाडि रहेको जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay