scheduleआइतवारबैशाख ५ गते, २०७८

बिहीबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं, १३ फागुन । नेपालमा बिहीबार थप ११२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ । त्यस्तै स्वास्थ्य मन्त्रालयले बिहीबार पनि कोरोनाका कारण मृत्यु हुनेको संख्या अध्यावधिक गरेको छ । जस अनुसार थप ८३ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् । यो संगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या २७ सय ६७ पुगेको छ ।

नेपालमा थप ८४ जना कोरोनामुक्त हुँदा हालसम्म २ लाख ७० हजार २२३ जना कोरोनामुक्त भएका छन् । नेपालमा हाल ८८२ सक्रिय संक्रमित आइशोलेशनमा छन् भने ६३ जना क्वारेन्टाइनमा छन् । हालसम्म २१ लाख ५३ हजार ६३६ वटा पिसिआर गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

 

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay