scheduleआइतवारबैशाख ५ गते, २०७८

राष्ट्रपति भेट्न शीलतनिवास पुगे प्रधानमन्त्री ओली

काठमाडौँ, १३ फागुन । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न प्रधानमन्त्री केपी शर्मा ओली शीतलनिवासमा पुगेका छन् । परिवर्तित राजनीतिक सन्दर्भमा परामर्श गर्न प्रम ओली शीलतनिवास पुगेको बताइएको छ ।

प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेपछि नयाँ सन्दर्भबारे परामर्श गर्न उनी शीतलनिवास पुगेका हुन् ।

बालुवाटार स्रोतअनुसार भावी रणनीतिको बारेमा ओलीमा पनि खासै प्रष्टता छैन । विभाजित नेकपाको दाहाल-नेपाल समूहले संसदको पहिलो बैठकमै प्रधानमन्त्री केपी ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने भएको छ ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले नेकपा विभाजन नभई कुनै समूहसँग सहकार्य नगर्ने निर्णय गरेको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay