scheduleबिहिवारबैशाख ९ गते, २०७८

विकासको नाममा जारी प्रतिगमनविरुद्ध विरोध प्रदर्शन

काठमाडौं, १४ फागुन । विकासको नाममा जारी प्रतिगमन भएको भन्दै बृहत् नागरिक आन्दोलनको अगुवाइमा काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ ।

बृहत नागरिक आन्दोलन र सम्पदा संरक्षण अभियानकर्मीहरुले काठमाडौंको माइतीघरमा विरोध प्रदर्शन गर्दे बिकासको नाममा जनतालाई दुःख दिने काम भएको भन्दै प्रदर्शन गरेका हुन् ।

काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार गैरकानुनी भएको उनीहरुको भनाई छ । उनीहरुले बालाजु सडक विस्तारको विरोध गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिएकाले उनीहरुलाई तत्काल रिहाइको माग गरे ।

त्यस्तै सडक विस्तार पीडितलाई पुनस्थापना गर्नुपर्नेलगायत माग गनीहरुको छ । प्रदर्शनमा सहभागीहरुले सडक बिस्तारका नाममा आफुहरुलाई उठिवास लगाउने काम भएको गुनासो गरे ।

प्रदर्शनमा उपत्यकाव्यापी सडक विस्तार पीडित संघर्ष समिति तथा नेवाः देय् दबूको पनि सहभागिता रहेको छ । प्रदर्शनकारीहरु परम्परागत नेवारी भेषभुषा र बाजागाजासहित सहभागी थिए ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay