scheduleबुधवारबैशाख ८ गते, २०७८

सेन्सेई ब्राण्डको ६५ इञ्चको अत्याधुनिक टेलिभिजन बजारमा

काठमाडौं, १४ फागुन । चौधरी ग्रुपले सेन्सेई ब्राण्डको ६५ इञ्चको अत्याधुनिक टेलिभिजन बजारमा ल्याएको छ । फोरके युएचडी एन्ड्रोइड टेलिभिजन एन्ड्रोइड प्ल्याटफर्क अन्तर्गत रहेको छ ।

बर्दियामा यसै साता पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको उक्त टेलिभिजनमा ब्राइट प्यानल, मिराकाष्ट तथा वाईफाई जस्ता विशेषता रहेका छन् । दुई वर्षको वारेन्टी रहेको टिभीबाट प्रयोगकर्ताहरु लाभान्वित हुने चौधरी ग्रुपले विश्वास लिएको छ ।

विगत ४ दशकदेखि घरायसी सामग्रीको लागि नेपाली बजारमा आफ्नो प्रभुत्व र ठूलो बजार हिस्सा ओगट्न सफल चौधरी ग्रुपले विभिन्न राष्ट्रिय तथा बहुराष्ट्रिय ब्राण्डको विक्री वितरण गर्दै आईरहेको जनाएको छ । यहि आयामलाई निरन्तरता दिदै सेन्सेई ब्राण्ड सन् २०१६ मा उत्पादन गरी विक्री वितरण गर्न थालेको हो ।

सुरुवातमा नर्मल टि.भी.बाट नेपाली बजारमा विक्री वितरण थालेको सेन्सेई ब्राण्डले आजको दिनमा आएर टि.भी. (नर्मल, स्मार्ट, युयचडी) अडियो स्टिम, चेष्ट फ्रिजर, वासिङ मेसिन, भ्याकुम क्लिनर, रेफ्रिजेरेटरहरु आफ्नो प्रोडक्ट बास्केट बनाउन सफल भएको छ ।

‘मूल्य रोजेजस्तो प्रोडक्ट खोजेजस्तो’ ट्याग लाईन रहेको सेन्सेई ब्राण्डले हालसालै आफ्नो नयाँ उत्पादन थप्ने क्रममा बर्दियामा आफ्नो क्षेत्रीय सम्मेलन आयोजना गरी ६५ इच्नको फोरके युयचडि एन्ड्रोइड टि.भी. सार्वजनिक गरेको हो ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay