scheduleबुधवारबैशाख ८ गते, २०७८

नेकपा प्रमुख सचेतकबाट गुरुङलाई कारबाही, भट्टराईलाई जिम्मेवारी


काठमाडौं, १४ फागुन । प्रधानमन्त्री एवं नेकपा संसदीय दलका नेता केपी शर्मा ओलीले प्रमुख सचेतक देवप्रसाद गुरुङ पदमुक्त गरेका छन् ।

गुरुङको ठाउँमा प्रम ओलीले विशाल भट्टराईलाई जिम्मेवारी दिएका छन् । ओलीले आफ्नो समूहमा रहेका खोटाङका सांसद भट्टराईलाई जिम्मेवारी दिएका हुन् ।

गुरुङ विभाजित नेकपाको दाहाल-नेपाल खेमामा रहेका छन् । ओली समूहको संसदीय दलको बैठकले भट्टराईलाई नियुक्त गरेको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

प्रदेश १ का सांसदहरूकाे भेलामा प्रधानमन्त्री ओलीले गुरुङलाई प्रमुख सचेतकबाट हटाएर भट्टराईलाई नियुक्त गरेको जानकारी गराएको नेम्वाङले बताएका हुन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay