मन्त्रिपरिषद बैठकः २३ गते संसद बोलाउन सिफारित गर्ने निर्णय
काठमाडौं, १४ फागुन । मन्त्रिपरिषद्को बैठक सम्पन्न भएको छ । शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले प्रतिनिधि सभा बैठक फागुन २३ गते आह्वान गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
बैठकले आउँदो २३ गते आइतबार प्रतिनिधि सभाको बैठक आह्वानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री डाक्टर शिवमाया तुम्बाहाम्फेले जानकारी दिइन् ।
प्रतिनिधि सभा पुनर्स्थापनापछि शुक्रवार पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको हो । विहीबार साँझ प्रधानमन्त्री केपी ओलीले राष्ट्रपति विद्या भण्डारीसँग परामर्श गरेका थिए ।