scheduleबुधवारबैशाख ८ गते, २०७८

वामदेव बालुवाटारमा

काठमाडौं, १४ फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता वामदेव गौतम प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेका छन्।

पार्टी एकताको प्रस्ताव लिएर गौतम प्रधानमन्त्री निवास बालुवाटार गएको उनको सचिवालयले जनाएको छ । यसअघि उनी प्रचण्डलाई भेट्न खुमलटार पुगेका थिए ।

नेकपा विभाजनपछि कुनै समूहमा नलागेर तटस्थ बसेका गौतम पार्टी एकता अभियानमा सक्रिय छन् ।

गौतमले ओलीसँग पार्टी एकतालाई बल पुग्ने गरी निर्णय लिन आग्रह गरेका छन् । नेकपा दुई समूहमा विभाजित हुँदा आफू तटस्थ रहेको बताएका गौतमले हिजो प्रचण्ड-नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेका थिए ।

उनले विहीबार पनि पार्टी एकताका बारेमा छलफल गरेका थिए । नेकपा विभाजन पछि गौतमले छुट्टै नेकपा राष्ट्रिय एकता अभियान शुरु गरेका छन् । संसद् विघटन पछि विभाजित नेकपालाई फेरि एक बनाउन दबाव दिने उद्देश्यले गौतमले अभियान सुरु गरेको बताउँदै आएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay