scheduleमगलवारबैशाख ७ गते, २०७८

नाइजेरियाको जाम्फामा करिब ३ सय छात्राहरुको अपहरण भएको आशंका

काठमाडौं, १४ फागुन । नाइजेरियाको जाम्फामा करिब ३ सय छात्राहरुको अपहरण भएको आशंका गरिएको छ । शुक्रबार विहान बन्दुकधारीले गरेको हमलापछि ३ सय छात्राका बारेमा कुनै जानकारी प्राप्त नभएको स्थानीय शिक्षकलाई उदृत गर्दै बीबीसीले लेखेको छ ।

ती शिक्षकका अनुसार जंगेवे क्षेत्रको एउटा विद्यालयमा मोटरसाइकल तथा बसमा सवार बन्दुकधारीको एक समूहले हमला गरेको थियो । सुरक्षा निकायका कर्मचारीले जस्ते पोशाक लगाएका ती व्यक्तिहरुले छात्राहरुलाई जबरजस्ती बसमा राखेका थिए ।

विद्यालयमा अध्ययनरत ४ सय २१ मध्ये ५५ छात्रा सुरक्षित रहेको र अरु विद्यार्थीका अभिभावकहरु चिन्तित रहेको बताइएको छ ।

विद्यार्थीका अभिभावकहरु कोही विद्यालयमा जम्मा भएको र कोही छात्राहरुलाई खोज्न जङ्गलमा गएको बीबीसीले उल्लेख गरेको छ । नाइजेरियाका बन्दुकधारी समूहले फिरौतीका लागि सर्वसाधारणको अपहरण गर्ने गरेको सरकारी अधिकारीहरुले बताएका छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving
IME_Pay
Global IME

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay