scheduleबुधवारबैशाख ८ गते, २०७८

बालुवाटारबाट प्रधानमन्त्रीको हतारो

काठमाडौं, १५ फागुन । पछिल्लो समय प्रधानमन्त्री केपी शर्मा ओलीको दौडधुप बढेको छ । शिलान्यासदेखि सरुवाबढुवासम्म उनले तीव्र रुचि देखाइरहेका छन् ।

प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसलासँगै ओलीमाथि नैतिक दबाव बढेको छ । सजिलै सत्ता छाड्ने कुनै नदेखाएका उनले कर्मचारी सरुवा बढुवादेखि नयाँ नियुक्तिसम्म चासो देखाएका हुन् । यसका लागि उनले बालुवाटारबाट सिंहदरबारमा दबावमुलक फोनहरु घुमाइरहेका हुन्छन् ।

पछिल्ला दिनहरुमा उनले प्रहरीको सरुवादेखि प्रमुख जिल्ला अधिकारी हुँदै सचिवसम्मको सरुवामा तीव्र रुचि देखाइरहेका छन् । गृहमन्त्रालय र सामान्य प्रशासन मन्त्रालय सामान्य बुख्याचाजस्ता मात्र भूमिकामा छन् । सरुवादेखि बढुवा हुँदै नियुक्तिसम्म उनले कर्मचारीमा अत्यधिक दबाव सिर्जना गरिरहेका छन् भने उद्घाटन र शिलान्यासका कार्यक्रम पनि बढाइरहेका छन् ।

अत्यधिक जोखिम मोलेर यसै साता सरकारले मेलम्ची खानेपानी आयोजनाको परीक्षण पनि गरेका छन् । यसअघि गाडी र इञ्जिनियरसम्म बगाउने र चुहावटका समस्या आएपछि स्थगित काम हतारैहतारमा सुरु गरिएको हो । मेलम्ची आफ्नै पालामा सुरु भएको भन्न उनले यति दुःख गरिरहेको बुझिएको छ । उनी सुरुङ मार्गको मुखमा पुगेर फोटो खिचाइरहेका देखिन्छन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay