scheduleबुधवारबैशाख ८ गते, २०७८

प्रचण्डको अभिव्यक्तिपछि सूर्य शान्त, शान्ता बुरुक्कै

काठमाडौं, १५ फागुन । विभाजित नेकपाका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री प्रचण्डले पत्रकार ऋषि धमलालाई दिएको अन्तर्वार्ता विवादित बनेको छ । प्रधानमन्त्री केपी ओलीका प्रेस सल्लाहकार सूर्य थापाले शनिबार बिहानै प्रचण्डको भनाई सामाजिक सञ्जालमा शेयर गरेका छन् । त्यसमा उनले आफ्नो कुनै भनाई राखेका छैनन् ।

‘केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाएर भारतकाे लागि कम्फर्टेवल सरकार बनाउन चाहन्छाैं । नेका, हामी र जसपाकाे समीकरण बन्दा भारतलाई कम्फर्टेवल (सहज) सरकार हुन्छ,’ शुक्रबार प्राइम टेलिभिजनमा प्रचण्डको अभिव्यक्ति भन्दै थापाले शेयर गरेका हुन् । उनी उक्त भनाईबाटै प्रचण्डलाई भारतपरस्त देखाउन चाहन्छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय गुप्तचर संस्थाका प्रमुखलाई बालुवाटारमा भित्र्याएर भारतसँग सम्बन्ध सुधार्ने प्रयास गरेको प्रसंगलाई थापाले बिर्सिएजस्तै गरेका छन् ।

तर सत्तारुढ नेकपाको ओली समूहकी नेतृ शान्ता चौधरीले भने प्रचण्डको भनाईलाई खेदजनक भनेकी छिन् । उनले शनिबार बिहानै स्टाटस लेख्दै भनेकी छिन्, ‘सत्य आफ्नै मुख बाट उजागर हुन्छ भन्थे हो रहेछ । भारतीय सुगमताको लागि कांग्रेस, प्रचण्ड गुट र जसपा मिलेर गठबन्धन गरी सरकार बनाउनु पर्छ भन्ने अध्यक्ष कमरेड प्रचण्डको भनाइ सुनेर मर्माहत भैयो ।’

चौधरीले नेपाली जनता ठूलो त्याग गरेर देशमा स्वाभिमान, समृद्धि र स्थिरता कायम हुन्छ भन्ने हेतुले ठूलो राजनीतिक परिवर्तनको बाहक बनेका भन्दै सोही कारण नेकपालाई झन्डै दुई तिहाई मत दिएर जिताएको स्मरण गरेकी छिन् ।

चौधरीले विदेशी इसारामा नेपाली जनताको यो भावनाको अपमान हुने गरी विगत एक वर्षदेखिका अनेक हर्कत भएका रहेछन् भन्ने अब प्रस्ट भएको बताइन् । देशको सार्वभौमिकता र जनताको स्वाभिमानमाथि खेल खेल्नेहरुलाई बेलैमा चिन्न, अध्यक्ष प्रचण्डले आफूहरुमा रहेको भ्रम चिरिदिएको उनले बताइन् ।

आन्दोलनको बेला भारतीय हस्तक्षेपको आह्वान गर्नु अनि अहिले भारत सुहाउँदो सरकार बनाउनु पर्छ भन्ने कुरा आउनु खेदजनक भएको भन्दै चौधरीले राष्ट्रप्रेमी नेपालीहरु यस्ता हर्कतबाट जोगिएर अघि बढ्नु नै अहिलेको आवश्यकता भएको बताइन् ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay