scheduleबिहिवारबैशाख ९ गते, २०७८

‘फटाह फणीन्द्रे’ मा बुद्धि र रविको ‘इन्ट्री’

काठमाडौं, १५ फागुन । अरुण खड्का निर्देशिक फिल्म ‘फटाह फणीन्द्रे’ मा बुद्धि तामाङ र रवि डंगोल भित्रिएका छन् । खड्काले फिल्मको मुख्य कलाकारको रूपमा बुद्धि र रविलाई भित्र्याएका हुन् । मंगलबार यससम्बन्धी एग्रिमेन्ट भएको खड्काले जानकारी गराएका छन् ।

यस अगाडि फिल्मका लागि अभिनेता कर्मा, छुल्ठिम गुरुङ, सुष्मा कार्की, रोहित रुम्बा, उत्तक केसीलगायत अनुबन्धित भइसकेका छन् । फिल्म श्रीराम बालाजी फिल्मस् र अरुण फिल्म प्रोडक्सनको संयुक्त ब्यानरमा निर्माण हुन लागेको फिल्ममा सुनील मानन्धर प्रस्तुकर्ता रहेका छन् ।

फिल्मको निर्माता विक्रम सिंह गुरुङ र कार्यकारी निर्माता नेत्र विष्ट रहेका छन् भने फिल्ममा रोशन श्रेष्ठको द्वन्द्व, रामजी लामिछाने र कविराज गहतराजको नृत्य, विपिन मल्लको सम्पादन र ईश्वरलाल सिंकेमनको छायांकन रहनेछ निर्माण युनिटले जनाएको छ ।

फिल्ममा उत्तम केसीको कथा रहेको छ भने पटकथा, संवादमा हिमाल उप्रेती, सुशील पोखरेल र अरुण खड्का रहेका छन् । यस अगाडि ‘तिम्रो लागि’, पाठशाला’लगायत केही फिल्म निर्माण गरेका अरुण यसै फिल्मबाट निर्देशनमा डेब्यु गर्न लागेका हुन्।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay