scheduleबुधवारबैशाख ८ गते, २०७८

इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि अमेरिकाको अनुमति

काठमाडौं, १५ फागुन । अमेरिकी राष्ट्रपति जो बाइडनले इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि स्विकृति दिएका छन् । कार्यभार सम्हालेपछि पहिलो सैन्य सम्बन्धी निर्णय गर्दै उनले इरान समर्थित विद्रोही समूहमाथि कारबाहीका लागि स्विकृति दिएका छन् ।

राष्ट्रपति बाइडनले निर्णय गरे लगतै अमेरिकी सेनाले सिरियामा इरान समर्थित विद्रोही समूहमाथि कारबाही सुरु गरेको छ । अमेरिकी रक्षा एजेन्सी पेन्टागनले विद्रोही समूहमाथि हमला गरेको पुष्टि गरेको छ ।

सैन्य कारबाहीमा १७ जनाको मृत्यु भएको छ । बाइडेन प्रशासनले सैन्य कारबाहीका लागि निर्देशन दिएपछि भएको यो पहिलो कारवाही भएको बीबीसीले उल्लेख गरेको छ ।

इराकमा अमेरिकी गठबन्धन सेनामाथि भएको हमलाको जवाफी कारबाही गरिएको पेन्टागनले जनाएको छ ।

प्रतिकृया लेख्नुहोस्:
Prabhu_specian_saving

सम्बन्धित शीर्षकहरु

आजको लोकप्रिय

Mega_Bank
Ime_Pay