पत्रकार खशोज्जीको हत्याका लागि साउदी अरबका युवराजले अनुमति दिएको खुलासा
काठमाडौं, १५ फागुन । साउदी पत्रकार जमाल खशोज्जीको हत्याका लागि साउदी अरबका युवराज सलमान बीन मोहम्मदले अनुमती दिएको अमेरिकी गुप्तचर विभागले खुलासा गरेको छ ।
बाइडेन प्रशासनले हिजो जारी गरेको गुप्चर विभागको प्रतिवेदनमा पत्रकार खशोज्जीको हत्याका लागि साउदी युवराजले नैं अनुमति दिएको उल्लेख छ । अमेरिकाले पहिलो पटक खशोज्जीको हत्याका लागि साउदी अरबका युवराजको नाम लिएको हो ।
अमेरिकाको उक्त रिपोर्टमा भनिएको छ, ‘हाम्रो ठहर छ कि साउदी अरबका युवराज मोहम्मद बिन सलमानले इस्तानबुलमा एक अप्रेशनको मञ्जुरी दिनभएको थियो जसको उद्धेश्य पत्रकार जमाल खशोज्जीलाई पक्राउ गर्ने या मारिदिने थियो ।’
साउदी अरबका युवराज सलमान बीन मोहम्मदले भने पत्रकार खशोज्जीको हत्या गर्ने आदेश नदिएको बताउँदै आएका थिए । सन् २०१८ मा टर्कीको इस्तानबुलस्थित साउदी वाणिज्य दुतावासभित्रै पत्रकार खशोज्जीको हत्या भएको थियो ।
खशोज्जीलाई साउदी शासकको आलोचक मानिन्थ्यो ।